सशस्त्रका डीएसपी डाक्टर नै सम्पर्कविहीन भएपछि…..
काठमाडौँ, २० जेठ । गृह मन्त्रालयले लामो समय देखि विदा स्वीकृत नगराई आफ्नो कार्यालयमा अनुपस्थित रहेका नेपाल एपीएफ अस्पताल बलम्बुका प्राविधि सशस्त्र प्रहरी उपरीक्षक (डीएसपी) डा नेत्रबहादुर कार्कीलाई कार्वाही गर्ने प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयले आज उनको नाममा तीन पुस्ते सहित सार्वजनिक सूचना जारी गर्दै भविस्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गरी विभागीय कार्वाही गर्न लागेको जानकारी दिएको छ ।
स्याङ्जाको बिरुवा गाउँपालिका १ स्थायी घर भएका डीएसपी डा कार्कीले १४ चैत २०८० देखि विदा स्वीकृत नगराई सम्पर्क विहीन छन् ।
मन्त्रालयले यसरी विना जानकारी लामो समय अनुपस्थित रही सम्पर्क समेत स्थापित हुन नसकेको र यो पदीय जिम्मेवारी आचरण विपरितको कार्य भएको भन्दै प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) आकर्षिक भएको उल्लेख गरेको छ ।
सो नियमावलीमा विदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहन नपाईने व्यवस्था उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]