निजामती कर्मचारी अस्पतालमा १२८ जनालाई रोजगारीको अवसर
काठमाडौँ, १८ जेठ । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) ले रिक्त पदपूर्तिका लागि विभिन्न पदमा रोजगारीको अवसर खुला गरेको छ।
अस्पतालले आज सूचना जारी गर्दै अस्पतालमा रिक्त रहेका नवौंदेखि चौथो तहसम्मका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि १२८ जनाका लागि दरखास्त आह्वान गरेको हो।
अस्पतालले सिनियर रजिस्ट्रार, रजिस्ट्रार, वरिष्ठ डेन्टल सर्जन, फिजियोथेरापिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट, रेडियोथेरापी टेक्निसियन, फार्मेसी सहायक, रेडियोग्राफर, ल्याब टेक्निसियन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, प्रशासन सहायकलगायत पदका लागि दरखास्त खुलाएको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १३ गतेसम्म वेबसाइटमार्फत अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिनुपर्नेछ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com