कोभिडविरुद्धको थप १६ लाख डोज खोप ल्याउँदै सरकार

काठमाडौँ, १६ जेठ । सरकारले थप १६ लाख डोज कोभिडबिरुद्धको खोप ल्याउने भएको छ । गाभी द भ्याक्सिन एलायन्सको अनुदान सहयोगमा थप १६ लाख डोज खोप आउन लागेको हो ।

स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा अभियान गौतमले केही साता भित्रै खोप नेपाल भित्रिने बताए ।

‘अबको दुई साता भित्र फाइजरको १६ लाख डोज मोनोभ्यालेन्ट खोप आउँदै छ,’ उनले भने ।

यसअघि नेपालले फाइजरको वाई भ्यालेन्ट खोप दिदै आएको थियो ।

कोभिडको सव भेरियन्टमा परिवर्तन आइरहेको र जोखिमयुक्त समूहलाई प्राथमिकता दिईने गरी यो खोप ल्याउन लागिएको डा गौतमले बताए ।

कोभिड – १९ को महामारी सामान्यीकरण भएपछि खोपको चासो घटेको थियो ।

यद्धपी टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक रुपमा यो खोप दिईने गरेको थियो । अब आउने खोप पनि त्यहाँबाट नियमित रुपमा भई नै रहन्छ र अयन्त्रका अस्पतालमा पनि आवश्यकताका आधारमा वितरण हुने बताइएको छ ।

नेपालमा अहिले ओमिक्रोन भेरियन्टको केपी.१ र केपी.२ सव भेरियन्ट समेत देखा परेको अवस्था छ । यो भेरियन्टले संक्रमण हुने दर बढाए पनि गम्भीर अवस्थामा नभे नपुर्‍याउने विज्ञहरु बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *