सुर्तीजन्य तथा मदिराजन्य पदार्थमा कर बृद्धि
काठमाडौँ, १५ जेठ । सरकारले सुर्तीजन्य पदार्थ तथा मदिराजन्य पदार्थमा लाग्दै आएको अन्तशुल्क करमा बृद्धि गरेको जनाएको छ । अर्थ मन्त्री बर्षमान पुनले आर्थिक बर्ष २०८१/ ०८२ को बजेट प्रस्तुत गर्ने क्रममा मदिरा सुर्ती चुरोट र वियरमा लगाइएको अन्तशुल्क दरमा बृद्धि गरेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थमा करको दर ६८ प्रतिशत पु¥याउन अर्थ मन्त्रालयलाई सिफारिस गरेको थियो ।
विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा करको दर ७५ प्रतिशत पुरयाउन भने पनि नेपालमा ३३ प्रतिशत बढी हुन सकेको छैन ।
नेपाल दक्षिण एशियामै सबैभन्दा कम दरमा सुर्तीजन्य पदार्थमा कर लगाउने मुलुकमा गरिन्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]