विशेषज्ञ बनेका दन्त चिकित्सकसंग साढे ४७ लाख बढी जरिमाना असुल्न निर्देशन, कारण के ?

काठमाडौँ, १३ जेठ । महालेखापरीक्षकको कार्यालयले दाँत सम्वन्धी एक जना विशेषज्ञ डाक्टरसंग साढे ४७ लाख बढी रकम असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।

कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको ६१ औँ प्रतिवेदनमा उल्लेख भए अनुसार अध्ययन विदा लिएर पिरियोडन्टिस विषयमा एमडी गरेका एक चिकित्सकले पढाई पुरा गरेपछि कबुलियतनामा अनुसार जिम्मेवारी पुरा गरेनन् । सोही कारण उनीसंग शुल्क रकमको दोब्वर अर्थात ४७ लाख ६४ हजार रुपैयाँ अशुल गर्न भनिएको हो ।

प्रतिवेदनमा को चिकित्सकले त्यसरी अध्ययन पुरा गरी कबुलियतनामा अनुसार काम नगरेको भनेर खुलाइएको छैन । तर ती चिकित्सक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भएको बताएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ३८ (२) अनुसार अध्ययन् विदामा जाने चिकित्सकले सम्झौँता अनुसार काम नगरेमा अध्ययन गर्दा लाग्ने पूर्ण शुल्कको दोब्बर रकम जरिमाना असुल गर्नुपर्ने उल्लेख छ ।

महालेखाले सोही आधार टेकेर जरिमाना असुल गर्न भनेको हो ।

प्रतिष्ठानमा कार्यरत ती चिकित्सकले अध्ययन पुरा गरेपछि एक वर्ष सुगम र एक वर्ष दुर्गममा स्थानमा गएर सेवा दिनु पर्दथ्यो । तर ती चिकित्सकले सर्त पालना नगरी पढाई पुरा गरेपछि प्रतिष्ठानबाट नै राजिनामा दिई बाहिरिएको उल्लेख छ ।

महालेखाको यो निर्देशन पालना हुन्छ कि हुन्न त्यो भने हेर्न बाँकी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *