बालबालिकाको आँखामा हुनसक्ने क्यान्सर बारेमा कसरी थाहा पाउने ?

बालबालिकामा मायोपियाको समस्या हुनबाट कसरी जोगाउने ?

काठमाडौँ, ७ जेठ । रेटिनोब्लाष्टोमा अर्थात बालबालिकाको आँखामा हुनसक्ने क्यान्सरबारे तपाईँलाई के थाहा छ ? थाहा छैन भने अब थाहा पाउनुहोस् । किनभने समयमै थाहा पाएर उपचार गर्न सकेमा यसले ठूलो क्षति गर्न सक्दैन ।

गत १२ देखि १८ मे सम्म चलेको विश्व रेटिनोब्लाष्टोमा सचेतना सप्ताहमा नेपाल आँखा कार्यक्रम सञ्चालन गरेको तिलगंगा आँखा प्रतिष्ठानले रेटिनोब्लाष्टोमाबारे समयमा पहिचानको आवश्यकता रहेको विषयलाई मुख्य जोड दिएको थियो ।

सोमबार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अकुलोप्लाष्टि तथा अकुलर अंकोलोजी विभागकी प्रमुख डा.पूर्णिमा राजकर्णिकार स्थापितले रेटिनोब्लाष्टोमाबारे जानकारी समेत दिईन् ।

उनका अनुसार अनुसार अध्यारो कोठामा बालबालिकाको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टिका देखिनु, आँखा असामान्य रुपमा रातो हुनु र दुख्नु, आँखाको आकार ठुलो हँुदै जानु र बाहिर तिर आउनु, आँखाको डेढोपन हुनु र आँखा सुक्दै जानु रेटिनोब्लाष्टोमाको लक्षण हुनसक्छ ।

त्यसो त  प्रतिष्ठानले रेटिनोब्लाष्टोमाबारे सचेतना अभियान प्रारम्भ गर्न तथा त्यस्ता बालबालिकाको खोजी गर्न ओपन आइज नेपालसंगको सहकार्यमा गत ३० बैशाख देखि ५ जेठसम्म निशुल्क ओपिडी तथा सचेतना सप्ताह सञ्चालन गरेको थियो ।

सो क्रममा १० जना बालबालिकाहरुमा सो समस्या देखिएको थियो । उनीहरुको अहिले अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यस्तै प्रतिष्ठानले गत ३१ बैशाख देखि ६ जेठसम्म मायोपिया अर्थात टाढा भएका वष्तुहरु हेर्न कठिनाइ हुने आँखाको समस्याको सचेतना सप्ताह सञ्चालन गरेको थियो । सो सप्ताहमा पनि बालबालिकालाई मुख्य प्राथमिकतामा राखिएको जनाएको छ ।

बालबालिकाहरुको समय–समयमा आँखा जाँच गर्ने, प्रत्येक दिन बाहिरी वातावरणमा २ घण्टा खेल्न प्रेरीत गर्ने, मोबाइल र टि.भी. स्क्रीनबाट टाढा राख्ने र कम प्रयोग गराउने तथा हरेक २० मिनेटमा २० फिट टाढा २० सेकेन्ड हेर्ने बानी बसाल्न आवश्यक रहेको बाल आँखा रोग विशेषज्ञ तथा डेप्युटि डाइरेक्टर डा. सिर्जना अधिकारीले बताईन् ।

पहिलो पटक प्रतिष्ठानले मायोपिया सचेतना सप्ताह मनाएको भन्दै डा. अधिकारीले हरेक बालबालिकाले विद्यालय भर्ना गर्नु अघि अनिवार्य आँखाको जाँच गर्न सुझाव दिईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *