पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ र एचपीभी खोप जिल्ला अस्पतालसम्म उपलव्ध हुने

काठमाडौँ, १ जेठ । सरकारले आगामी बर्ष पाठेघरको मुखको क्यान्सर रोग रोकथामका लागि निशुल्क स्क्रिनिङ कार्यक्रम र १० देखि १४ बर्ष उमेर समूहका बालिकालाई दिईने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख भएको छ ।

त्यसो त सरकारले अघिल्ला नीति तथा कार्यक्रममा पनि यी विषयहरुलाई समावेश गर्दै आएको छ । गत वर्ष मात्रै १० देखि १४ बर्ष उमेर समूहका करीव १० हजार बालबालिकालाई एचपीभी खोप समेत दिएको थियो ।

स्वास्थ्य मन्त्रालयले आगामी सो उमेर समूहका बालबालिकाहरुलाई पुग्ने गरी खोप ल्याउने र लगाउने बताएको छ ।

यसका लागि ग्लोबल भ्याक्सिन एलायन्स (गाभी)संग प्रक्रिया अघि बढाइसकेको स्वास्थ्य अधिकारीहरुले बताउने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *