स्वास्थ्य मन्त्रीमा प्रदीप यादवलाई पठाउने जसपाको निर्णय
काठमाडौँ, ३१ बैशाख । उपेन्द्र यादवले राजिनामा दिएपछि खाली भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई पठाउने निर्णय गरेको छ ।
सो पार्टीले सांसद हसिना खानलाई स्वास्थ्य राज्यमन्त्रीका लागि प्रधानमन्त्री समक्ष नाम सिफारिस गरेको बताइएको छ । रञ्जु झालाई पनि मन्त्रीका लागि सिफारिस गरे पनि नाम टुंगो लागि नसकेको बताइएको छ ।
सांसद यादवले पार्टीबाट आफ्नो नाम स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अहिलेसम्म कुनै जानकारी नआएको बताए ।
‘पार्टीले मलाई स्वास्थ्य नै भनेर सिफारिस गरेको छ । त्यो कुरा म अहिले भन्न सक्छु तर म स्वास्थ्य मन्त्री नै हुन्छु भन्ने कुरा अहिले भन्न हतारो हुन्छ । त्यो निर्णय गर्ने काम प्रधानमन्त्रीको हो । मैले अहिलेसम्म खबर पाएको छैन,’ उनले भने ।
सांसद यादव गत निर्वाचनमा पर्सा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
सम्पर्क इमेल : [email protected]