उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए पदबाट राजिनामा, जसपा नेपाल सरकारबाट बाहिरियो
काठमाडौँ, ३१ बैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजिनामा दिएका छन् । उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजिनामा बुझाएका हुन् ।
उनले बुझाएको राजिनामा पत्रमा बर्तमान समयमा विकसित नयाँ राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भन्दै राजिनामा दिनु परेको उल्लेख गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादव गत २७ फागुनमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा नियुक्त भएका थिए ।
पछिल्लो पटक अमेरिका भ्रमण गएका बेला पार्टी फुटेपछि उनी बर्तमान गठबन्धनसंग रुष्ट थिए । उनको पार्टीमा अधिकांश सांसद अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीमा आवद्ध रहेका छन् ।
यसैबीच यादव संगै उनका पार्टीबाट बन तथा भू संरक्षण राज्य मन्त्री बनेका दीपक कार्कीले पनि राजिनामा दिएका छन् ।
सम्पर्क इमेल : [email protected]