स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईको प्रमुखमा डा. राधिका थपलिया
काठमाडौँ, १८ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईको प्रमुखको जिम्मेवारी डा. राधिका थपलियाले पाएकी छन् ।
उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गत विहीबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. थपलियालाई सो जिम्मेवारी दिएका हुन् ।
यसअघि सो इकाईको प्रमुख डा. प्रकाश बुढाथोकी थिए ।
डा. थपलिया भने लामो समय देखि जिम्मेवारी विहीन थिईन् ।
मन्त्रालयका प्रवक्ता समेत रहेका डा बुढाथोकीले १३ बैशाखको मन्त्रीस्तरीय निर्णयबाट डा. थपलियाले नयाँ जिम्मेवारी पाएको पुष्टि गरे ।
डा. थपलियाले एचईओसी प्रमुख भएपछि आफ्नो जिम्मेवारीमा अब मन्त्रालयको प्रवक्ता र केन्द्रीय कारागार अस्पताल प्रमुखको जिम्मेवारी मात्रै रहेको डा. बुढाथोकीले बताए ।
सम्पर्क इमेल : [email protected]