विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण
काठमाडौँ, २४ चैत । नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको विशेष (विशेषज्ञ चिकित्सक लाइसेन्स ) परीक्षामा ५१ प्रतिशत उत्तीर्ण भएका छन् । काउन्सिलले शुक्रबार नै नतिजा प्रकाशित गरेको थियो ।
काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले दिएको जानकारी अनुसार परीक्षामा ३५ विभिन्न विषयका १७९ जना सहभागी भएका थिए । त्यसमा ९१ जना अर्थात ५०.८३ प्रतिशत उत्तीर्ण भएका हुन् ।
परीक्षामा तीन जनाको नतिजा वीथहेल्डमा राखिएको छ ।
त्यसो त यो परीक्षाका लागि गत ५ फागुन देखि ४ चैतसम्म नियमित तथा ५ र ६ चैतसम्म विलम्ब शुल्क तिरेर फारम भर्न सूचना आव्हान गरिएको थियो ।
सो अवधीमा १८२ जनाले फारम भरेका थिए तर परीक्षाका बेलामा तीन जना अनुपस्थित रहेका थिए ।
परीक्षा केन्द्र पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा राखिएको थियो ।
सम्पर्क इमेल : [email protected]