अस्पतालमा उपचाररत बिरामी एम्बुलेन्स चोरेर भागेपछि…
अमेरिका, ९ फागुन । अस्पतालमा उपचारका लागि भर्ना भएका एक बिरामीले एम्बुलेन्स चोरी गरी फरार भएको घटना प्रकाशमा आएको छ ।
उक्त घटना अमेरिकाको भर्जिनियास्थित इनोभा फेयरफ्याक्स अस्पतालमा सोमबार भएको हो । उपचाररत बिरामीले सोही अस्पतालमा रहेको एउटा एम्बुलेन्स चोरेर भागेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
स्थानीय प्रहरीले एम्बुलेन्स चोरी गरेर भाग्दै गरेको अवस्थामा बिरामीको तस्बिर सार्वजनिक गरेको छ। एम्बुलेन्स चोरेर फरार भएका बिरामीको पहिचान ३२ वर्षीय रिकी लोवेका रुपमा गरिएको छ ।
प्रहरीका अनुसार उनी आफैँले चलाएको गाडी दुर्घटनामा परेपछि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । थिए । उनको गाडीबाट दुई वटा बन्दुक र केही लागु औषध बरामद भएको थियो ।
आफू कारबाहीमा पर्ने भएपछि उनी अस्पतालबाट भागेको हुन सक्ने आकलन गरिएको छ । प्रहरीका अनुसार उनले चोरेको एम्बुलेन्स भने फेला परेको छ । उनको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।
एजेन्सीको सहयोगमा
सम्पर्क इमेल : [email protected]