आजबाट एमआरआई सेवा सुरु गर्दै भेरी अस्पताल
काठमाडौँ, २५ माघ । नेपालगञ्जस्थित भेरी अस्पतालमा आजबाट एमआरआई सेवा सञ्चालनमा आउने भएको छ । विहान १० बजे देखि सेवा प्रारम्भ गर्ने अस्पतालले जनाएको छ ।
यो सञ्चालनमा आएपछि सरकारी अस्पतालमा एमआरआई सेवा सञ्चालन गर्ने भेरी अस्पताल लुम्बिनी प्रदेशकै पहिलो अस्पताल हुनेछ ।
अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा पवनजंग रायमाझीले करीव २४ करोडमा खरीद भएको थ्री टेस्ला एमआरआई इन्सटलेशनको काम सम्पन्न भएपछि आजबाट सेवा प्रारम्भ हुन लागेको बताए । उनले मेसिनको औपचारिक उद्घाटन भने केही समय पछि हुने जानकारी दिए ।
‘मेसिन आयो, जडान भयो, जनशक्ति पनि तयार भएको अवस्था छ । सेवामा किन ढिलाई गर्ने भनेर आजबाट सञ्चालनमा ल्याउन लागेका हौँ,’ डा रायमाझीले भने ।
उनले थ्री टेश्ला एमआरआई सरकारी अस्पतालमा प्राय नभएको बताए ।
अहिले १५० शैय्या स्विकृति पाएको भेरी ३०० शैय्यामा स्तरोन्नती हुने प्रक्रियामा छ ।
सम्पर्क इमेल : [email protected]
सेवा संचालनकाे निरन्तरता र मेशिन नबिगार्ने कुरा ठुलो हाे। सेवा निरन्तर हाेस्।