नर्सिङ लाइसेन्स परीक्षा आगामी ३ चैतमा, २१ माघ देखि फारम खुल्दै

काठमाडौँ, १८ माघ । नेपाल नर्सिङ परिषद्ले आगामी ३ चैतमा लिने नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि २१ माघ देखि एक महिनासम्म अनलाइन फारम लिने भएको छ ।

परिषद्ले आज एक सूचना जारी गर्दै तोकिएको अवधीमा फारम भर्न छुटेमा आगामी २२ फागुन देखि २४ फागुन अपरान्ह ५ बजेसम्म दोब्बर दस्तुर तिरेर अनलाइन फारम भर्न सकिने उल्लेख गरेको छ ।

परिषद्ले पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ उत्तीर्ण भएकाहरु यो परीक्षामा सहभागी हुन पाउने बताएको छ ।

परिषद्ले परीक्षाका लागि नियमित दस्तुर ३१०० रुपैयाँ तोकेको छ । तर दोब्बर दस्तुर तिर्ने अवस्था आएमा ६१०० रुपैयाँ तिर्नुपर्ने जनाएको छ ।

लाइसेन्स परीक्षाको लिखितमा १५० पूर्णाङ्कको १५० वटा प्रश्नहरु सोधिने र उत्तीर्ण हुनका लागि ५० प्रतिशत अंक ल्याउनु पर्ने परिषद्ले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *