क्षयरोग नियन्त्रणका लागि अब ‘मास स्क्रिनिङ’ जरुरी
काठमाडौँ, १२ माघ । नेपालमा क्षयरोग नियन्त्रणका लागि अब मास स्क्रिनिङ (समुदायस्तरमा जाँच) गर्ने तर्फ सरकारको ध्यान जानुपर्नेमा विज्ञहरुले बताएका छन्। क्षयरोग नियन्त्रणका लागि लामो समयदेखि भएको प्रयासको नतिजा अपेक्षित सुधार नदेखिएको भन्दै उनीहरुले अब मास स्क्रिनिङमा जानु पर्ने खाँचो औल्याएका हुन् ।
शुक्रबार काठमाडौंमा (द युनियन), भाइटल स्टार्टेजी, एपीक्याट, एक्सन नेपाल, स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त रुपमा आयोजित ‘इन्ड टीबी, इन्ड टोबाको’ नामक ‘इन्ड टीबी, इन्ड टोबाको’ नामक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा बोल्ने बक्ताहरुले अब सरकार क्षयरोगी खोज्न मास स्क्रिनिङमा जानै पर्नेमा जोड दिएका हुन् ।
विश्वमा टोबाको तथा टीबी नियन्त्रणका क्षेत्रमा काम गर्दै आइरहेको इन्टरनेशनल युनियन अग्नेस्ट ट्युबरक्लोसिस एन्ड लङ डिजिज (द युनियन) का प्रेसिडेन्ट प्राध्यापक गाइ मार्क्सले धेरै भन्दा धेरैमा टीबी टेस्ट गर्न जरुरी रहेको बताए। उनले अष्ट्रेलियालगायतका देशको उदाहरण दिँदै ‘मास स्क्रिनिङ’ टीबी नियन्त्रणका लागि प्रभावकारी भएको उल्लेख गरे। उनले भने, ‘लक्षण देखिएकाहरुको मात्रै होइन, सबैको जाँच जरुरी छ। प्रति एक लाख जनसंख्यामा ५० को दरमा नपुगुन्जेल त्यस्तो जाँच गराउनुपर्ने हुन्छ।’ विश्व स्वास्थ्य संगठनको सिफारिस बमोजिम किट, प्याथोलोजिकल तथा रेडियोलोजिकल परीक्षण गरेको बताए।
अष्ट्रेलियाले सन् १९०० को मध्यतिर गरेको अभियान यसका लागि उदाहरणीय भएको बताए। जुन अभियानले नागरिकलाई निशुल्क जाँच, उपचार र भत्ताको समेत व्यवस्था गरेको थियो। अमेरिका, युरोप, जापान र अस्ट्रेलियाले टीबीको नियन्त्रण गरिसकेपनि नेपाल जस्ता कम आम्दानी भएका मुलुकहरुका लागि अझै टीबी चुनौतीका रुपमा रहेको बताए। उनले थपे, ‘जसले राजनीतिक प्रतिबद्धतासहित यसको नियन्त्रणका लागि प्रयास गरे। तिनीहरु सफल भएको देखिएको छ।’
पत्रकारहरुसँगको प्रश्नोत्तरमा उनले टीबी नियन्त्रणका लागि नेपाल सरकारलाई आफ्नो संस्थाका तर्फबाट प्राविधिक सहयोग रहने बताए। यतिबेला नेपाल आउनुको कारण टीबी नियन्त्रणमा प्रभावकारी कदमका लागि नेपाल सरकारसँग सहकार्य गर्ने वातावरण निर्माण गर्नु रहेको बताए।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा%B
सम्पर्क इमेल : [email protected]