डाक्टर बन्न संघर्षरत सुदूरपश्चिमका दलित विद्यार्थी ललितलाई देउराली फाउण्डेशनले मासिक १५ हजार उपलव्ध गराउने

काठमाडौँ, ११ माघ । एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रबृत्तिमा नाम निकालेका कञ्चनपुरका ललित सार्कीलाई काठमाडौँ बसाईका लागि आर्थिक सहयोग जुटेको छ ।

घरमै बसेर चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका ललितलाई अब देउराली फाउण्डेशनले एक बर्षसम्म मासिक १५ हजारको दरले आर्थिक सहयोग गर्ने भएको हो ।

ललितले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सके पनि काठमाडौंमा बस्नको लागि मासिक १० हजार रुपैयाँ जुटाउन नसकेको भन्दै केही दिन अघि विभिन्न नेपाली सञ्चारमाध्यममा समाचार सार्वजनिक भएको थियो ।

समाचार सार्वजनिक भएसँगै नेपालमा विगत लामो समयदेखि विपन्न, गरिब र जेहेन्दार विद्यार्थीहरुको सहरा बन्दै आएको देउराली फाउण्डेसनले ललितलाई पनि आर्थिक सहयोग गर्ने भएको हो ।

मंगलबार देउराली फाउण्डेसनका संस्थापक माधव मरासिनी र ललित सार्कीबीच आर्थिक सहयोगका सम्वन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार ललितको होस्टेल, खाना र स्टेसनरी खर्च वापत मासिक १५ हजार रुपैयाँ देउराली फाउण्डेसनले उपलब्ध गराउने भनिएको छ ।

डाक्टर बन्न संघर्षरत सुदूरपश्चिमका दलित विद्यार्थी

ललितको अध्ययन, व्यवहार र परीक्षामा प्राप्त नतिजाका आधारमा यो सम्झौता वर्षै पिच्छे थपिने सम्झौता पत्रमा उल्लेख गरिएको छ । देउराली फाउण्डेसनले यो छात्रवृत्ति सहयोगले ललितको उज्वल भविष्य निर्माण सँगै नेपालका दुर्गम ग्रामीण भेगमा गएर सेवा गर्ने उत्पे्ररणा मिल्ने विश्वास लिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *