नेपाल स्वास्थ्य व्यवसायी परिषदले १० माघ देखि सञ्चालन गर्न लागेको आठौँ लाइसेन्स परीक्षाको तयारी पुरा

काठमाडौँ, ८ माघ । नेपाल स्वास्थ्य व्यवसायी परिषदले आगामी १० माघ देखि सञ्चालन गर्न लागेको आठौँ नाम दर्ता (लाइसेन्स) परीक्षाको तयारी पुरा भएको जनाएको छ ।

पाँच दिनसम्म चल्ने उक्त परीक्षा बबरमहलस्थित एडभान्स एजुकेशन एण्ड इन्नोभेटिम रिसर्च सेन्टरमा हुने भएको छ । यस अघिको परीक्षा पनि सोही सेन्टरमा भएको थियो ।

परिषद्का सदस्य सचिव लिलानाथ भण्डारीले १० देखि १४ माघसम्म चल्ने  परीक्षामा ४ हजार ९११ जना सहभागी हुने बताए । उनले विभिन्न ४० विषयगत विधाका विद्यार्थीहरु परीक्षामा सहभागी हुने बताए ।

यसपटक पनि परीक्षा कम्प्युटराइज्ड विधिबाट हुँदैछ । यो परीक्षा पहिले पहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुन्थ्यो । अघिल्लो पटक देखि परीक्षा बबरमहलमा हुन थालेको हो ।

परिषदले यसपटक पनि परीक्षा विहान, दिउसो र बेलुका गरी तीन सिफ्टमा लिदैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *