कलेजो प्रत्यारोपित तीन वर्षीय बालक डिस्चार्ज

भक्तपुर, ७ माघ ।  भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरिएका तीन वर्षीय बालक डिस्चार्ज भएका छन् । उनको नौ दिन अघि कलेजो प्रत्यारोपण गरिएको थियो । उनलाई ३० बर्षीया आफ्नै आमाले कलेजो दान गरेकी थिईन ।

डिस्चार्ज पछि प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रत्यारोपण शल्य चिकित्सक समेत रहेका शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताए । उनले कलेजो दाता बालककी आमा भने तीन दिन अघि नै डिस्चार्ज भएको जानकारी दिए ।

बालकमा कलेजो प्रत्यारोपण गर्न यसपटक प्रत्यारोपण केन्द्रले भारतीय चिकित्सकसंगै केन्द्रले कान्ति र पाटन अस्पतालको समेत बालरोग विशेषज्ञहरुको समेत सहयोग लिएको थियो । प्रत्यारोपणमा पाटन अस्पतालका बालरोग विशेषज्ञ डा. पुजा अमात्य लगायतको नर्सिङ्ग टोली, कान्ति बाल अस्पतालमा बरिष्ठ बालरोग विशेषज्ञ डा सुमित अग्रवाल, बालरोग विशेषज्ञ डा बर्षा बर्मा लगायतको सहभागिता थियो । डा श्रेष्ठले भने ।

देशमा पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने यस केन्द्र सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने केन्द्रको रुपमा पनि चिनिएको छ ।

पहिलो कलेजो प्रत्यारोपण पछिका केही वर्षसम्म बार्षिक रुपमा एक दुई जनाको मात्रै हुने गरेकोमो यो वर्ष १० जनाको प्रत्यारोपण भइसकेको केन्द्रले जनाएको छ । उक्त केन्द्रमा अहिलेसम्म १८ जनाको कलेजो र १ हजार १८८ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *