नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ बनिन् लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव
काठमाडौँ, ५ माघ । नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेश स्वास्थ्य सचिव भएकी छिन्। गत बधबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत रहेकी उनलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको रुपमा सरुवा गरेको हो ।
एघारौँ तहकी उनी यसअघि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगर्त प्रमुख अस्पताल नर्सिङ प्रशासकको पदमा कार्यरत थिईन ।
यसअघि लुम्बिनीमा स्वास्थ्य सचिवको रुपमा डा जनार्दन पन्थी थिए । उनी गण्डकीबाट त्यहाँ काजमा सचिव जिम्मेवारी सम्हाल्न गएका थिए ।
अब श्रेष्ठ सचिव भएर गएपछि उनको काज फिर्ता हुन्छ या अन्यन्त्र जिम्मेवारी दिन्छ, त्यो भने निर्णय हुन बाँकी छ ।
गत बुधबारको मन्त्रिपरिषद् बैठकले सरकार २९ जना सहसचिव सरुवा गरेको थियो ।
सम्पर्क इमेल : [email protected]