नेपाल मेडिकल कलेजमा गुणस्तरहीन खाना खुवाएको भन्दै विद्यार्थी आन्दोलनमा
काठमाडौँ, ५ माघ । अत्तरखेलस्थीत नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरुले गुणस्तरहीन खाना खुवाएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।
कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले एक वर्षको अग्रिम खाना शुल्क लिएपनि गुणस्तरहीन खाना खुवाएको र मेस अनिवार्य गरेको भन्दै ९ दिनदेखि धर्ना दिएका छन्।
विद्यार्थीहरुले अनिवार्य मेस हटाउनुपर्ने, मेसमा कार्ड सिस्टम लागू गर्नुपर्ने लगाएतका माग राखेका छन्।
प्रशासनले अनिवार्य राखेको मेसमा पारदर्शिता नभएको उनीहरूको भनाइ छ । एक वर्षमा खानाका लागि डेढ लाख रूपैयाँ तिरेपनि मेसको व्यवस्था भने सन्तोषजनक नभएको उनीहरूको भनाइ छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]