शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ल

नरदेवी आयुर्वेद अस्पतालको अध्यक्षमा न्यौपाने

काठमाडौँ, ३ माघ । सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक पदमा डा मल्ललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

डा मल्ललाई यसअघि स्वास्थ्यमन्त्री मोहन बस्नेतले निमित्त निर्देशकमा नियुक्त गरेका थिए।

यसअघि त्यहाँका निर्देशक डा चन्द्रमणि अधिकारी थिए । उनको चार वर्षे कार्यकाल गत ६ पुसमा सकिएको थियो ।

यस्तै आजको बैठकले नरदेवी आयुर्वेद चिकित्सालयको अस्पताल विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *