प्लास्टिक सर्जन प्राडा सामन्तलाल बने बंगलादेशका नयाँ स्वास्थ्य मन्त्री

– प्राडा सामन्तलाल सेन

ढाका । शेख हसिना नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरी इन्स्टिच्युटका संयोजक प्राडा सामन्तलाल सेन बंगलादेशका नयाँ स्वास्थ्य मन्त्री बनेका छन् । यसअघि त्यहाँका स्वास्थ्य मन्त्री डा जाहिद मलिक  थिए ।

भर्खरै सम्पन्न आम निर्वाचनपछि बहुमत प्राप्त पार्टी अवामी लिगद्धारा गठित नयाँ सरकारमा प्रधानमन्त्री शेख हसिनाले डा. शेनलाई प्राविधिक मन्त्रीको रुपमा रहेर काम गर्न स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको जिम्मेवारी सुम्पेकी हुन् । गत साताबाटै उनले आफ्नो जिम्मेवारी सम्हाली सकेका छन् ।

नव नियुक्त स्वास्थ्य मन्त्री प्राडा सेनको विगत के हो ?

सन् २०१८ मा बाग्ला एकेडेमीले डा. सेनलाई चिकित्सा सेवामा उनको विशेष योगदानका लागि एक मानार्थ फेलोसिप प्रदान गरेको थियो ।

उनले बंगलादेश सोसाइटी अफ प्लास्टिक सर्जनको अध्यक्षको रुपमा पनि काम गरेका छन् ।

सन् १९४९ नोभेम्बर २४ मा सिलहटको हबिगञ्जमा जन्मिएका प्राडा सेनले सन् १९७३ मा चटगाउँ मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेका थिए । उनले सन् १९८० मा भियना अस्ट्रियाबाट डिप्लोमा इन स्पेशलाइज्ड सर्जरी पुरा गरेका थिए । त्यसपछि उनले जर्मनी र इङ्गल्याण्डमा शल्यक्रियाको थप प्रशिक्षण प्राप्त गरेका थिए ।

स्वास्थ्य मन्त्रीमा नियुक्त भएपछि डा. सेनले भने, ‘प्रधानमन्त्रीले मलाई ठूलो जिम्मेवारी दिनु भएको छ । उहाँले मलाई जुन भरोसा गर्नु भएको छ त्यसलाई पुरा गर्न म प्रयास गर्नेछु ।’

उनले आफूले बेष्ट नतिजा दिनका लागि अस्पतालहरुको अगुगमन गर्न देखि स्वास्थ्यसंग जोडिएको हरेक काम गर्न खुल्ला रहेको भन्दै प्रधानमन्त्रीले आवश्यक परेको ठाउँमा सधै साथमा रहेको आफुलाई भनेको समेत बताए ।

आफ्नो पार्टी अवामी लिगले आफ्नो चुनावी घोषणा पत्रमा आधारभूत स्वास्थ्य र परिवार कल्याण सेवा विस्तार गर्ने भिजन -२०४१ जारी गरेको थियो । आफूले सोही नीति अनुरुप आफ्नो योजना अघि सार्ने बताए ।

इमान्दार भएर काम गरे असम्भव केही नहुने

यसैबीच स्वास्थ्य मन्त्री डा सेनले सबैले इमान्दार भएर काम गरे असम्भव केही नहुने बताएका छन् । ।

अघिल्लो साता पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारमाध्यमलाई आफ्नो विगतबारे सम्झिदै भने, ‘५ शैय्याको बर्न युनिटलाई ५०० शैय्याको युनिटमा रुपान्तरण गर्न निकै कठिनाईको सामना गर्नु परेको थियो । सो क्रममा धेरै जनासंग धाईयो । सुरुमा उनीहरुले मलाई वास्ता गरेनन् । फाइलहरु फ्याँकिए । तर संयमतापूर्वक मैले आफ्नो मिसनलाई जारी राखेँ र यहाँसम्म आइपुगेको छु ।,’

उनी ढाका मेडिकल कलेज शिक्षण अस्पतालको बर्न युनिटका संस्थापक हुन् ।

पछि उनी शेख हसिना नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरीको प्रमुख संयोजक बनेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *