बीपीका उपकुलपति प्राडा कार्कीलाई कार्वाही गर्न भन्दै धरानका मेयरको स्वास्थ्य मन्त्रीलाई पत्र

काठमाडौँ, २ माघ । धरानका नगरप्रमुख हर्कराज राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई कार्वाही गरियोस भन्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई पत्र पठाएका छन् ।

नगरप्रमुख राईले कामु उपकुलपति प्राडा कार्कीका कारण प्रतिष्ठानमा उपचार तथा एकेडेमिक कार्यक्रमहरु प्रभावित भएको भन्दै तत्काल कार्वाही गर्न मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका हुन् । यसअघि नगरप्रमुख राईले आइतबार मात्रै उपकुलपति प्राडा कार्कीको कार्यकक्षमा तालावन्दी गरेका थिए ।

राईले प्राडा कार्कीमाथि प्रतिष्ठानको कार्यकारी समितिको बैठक राख्न नसकेको, शिक्षक, कार्मचारी, चिकित्सकको माग सम्वोधन गर्नु पर्नेमा लुखिछिपी भागेको आफू नहुँदाको अवस्थामा प्रतिष्ठानको अख्तियारी पाएका कामु उपकुलपतिको सम्पूर्ण अधिकार फिर्ता लिएको, प्रतिष्ठानका ११ जना विभागीय प्रमुखलाई जिम्मेवारीबाट हटाएको लगायत आरोप लगाएका छन् ।

यसअघि नगरप्रमुख राईले कामु उपकुलपति कार्की विरुद्ध सामाजिक सञ्जाल फेसबुकबाट कडा कडा टिप्पणी लेख्दै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *