चन्द्रागिरिमा कार दुर्घटना : बालरोग विशेषज्ञ डा. गौतम सहित ५ जनाको मृत्यु

काठमाडौँ, २८ पुस । थानकोट–चित्लाङ सडक खण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका -४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउसो भएको कार दुर्घटनामा बालरोग विशेषज्ञ डा. महेशकुमार गौतम सहित पाँच जनाको मृत्यु भएको छ ।

दिउसो १:५५ बजे भएको दुर्घटनामा बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी चलाएका डा गौतम सहित उनका दुई छोरा छोरी, सासु ससुराको ज्यान मृत्यु भएको हो । श्रीमती डा. श्रृष्टी तिवारी गौतम भने दुर्घटना अघि नै हामफालेका कारण सकुशल छन् ।

प्रहरीका अनुसार दुर्घटनामा काठमाडौँ महानगरपालिका ३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, ३८ बर्षीय डा. महेशकुमार गौतम, उनका ४ बर्षका छोरा प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको थियो ।

डा. गौतमको ६ बर्षीया छोरी स्मारिकाको भने बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञको रूपमा कार्यरत डा गौतम हाल लाजिम्पाटस्थित नेशनल आस्थ्मा एलर्जी केन्द्र लाजिम्पाट निर्देशकको रूपमा कार्यरत रहेको बताइएको छ। डा. सृष्टि क्यान्सर रोग विशेषज्ञ हुन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

4 thoughts on “चन्द्रागिरिमा कार दुर्घटना : बालरोग विशेषज्ञ डा. गौतम सहित ५ जनाको मृत्यु

  1. बिडम्बना लाइसेन्स दिने निकायले दक्ष चालक लाइ भन्दा आफन्त आसेपासे हरु र नोट का बिटा दिने लाइ प्राथमिकतामा राख्दा को नतिजा हो यो जे भयो यो दु:खद घटना हो

  2. सरकार सडक कर लिन्छ । बाटो जताततै
    ज्यानमारा छ । कस्तो दुखद समाचार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *