सञ्चय कोषमा आवद्ध कर्मचारीले अब सूचीकृत अस्पतालबाट मात्रै उपचार सुविधा पाउने
साधारण रोगको बार्षिक १ लाखसम्म, घातक रोगको सेवा अवधीभरमा १० लाख रुपैयाँ
काठमाडौँ, २५ पुस । कर्मचारी सञ्चयकोषले आफ्नो कोषमा आवद्ध कर्मचारीको लागि २०७६ साल देखि सुरु गरेको ‘कर्मचारी सञ्चयकोष सञ्चयकर्ता स्वास्थ्य उपचार योजना’मा परिमार्जन गरेको छ ।
परिमार्जित योजना अनुसार कोषले अब भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा १ लाख रुपैयाँ त दिने तर उपचार गर्ने अस्पताल सूचीकृत हुनुपर्ने बताएको छ । यस्तै घातक रोग लागेका सञ्चयकर्तालाई सेवा अवधीभरमा १० लाख रुपैयाँ त दिने त्यसमा पनि सूचीकृत अस्पतालहरु हुनुपर्ने स्पष्ट पारेको छ ।
तर कोषले यसअघि यस्तो सुविधा सञ्चयकर्तालाई मात्रै उपलव्ध गराउँदै आएकोमा अब देखि सञ्चयकर्ताको पति वा पत्नीले समेत सो सुविधा पाउने उल्लेख छ ।
उपचार सुविधाका लागि सातवटा प्रदेशको १२० वटा अस्पतालको सूची प्रकाशित गरेको सञ्चय कोषले सरकारका सबै केन्द्रीय, प्रादेशिक, जिल्ला तथा पालिकास्तरका सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरु, सरकारी स्वामित्वमा सञ्चालित अस्पताल र शिक्षण अस्पतालहरुबाट पनि यो सुविधा लिन सकिने जनाएको छ ।
सञ्चयकोषले यो नयाँ व्यवस्था आगामी १ फागुन देखि कार्यान्वयनमा आउने बताएको छ ।
यस्तो छ सूचना
यी हुन् सूचीकृत अस्पतालहरु:
सम्पर्क इमेल : [email protected]