डा. विशद दाहाल निलम्बन प्रकरण :

केएमसी र आवासीय चिकित्सकबीच ८ बुँदे सहमति, निलम्बन फिर्ता

काठमाडौँ, २५ पुस । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिडेटले रेजिडेन्ट डा. विशद दाहाललाई गरेको एक महिने निलम्बल फिर्ता लिएको छ ।

कलेज प्रशासन र रेजिडेन्ट डाक्टरबीच बुधबार भएको ८ बुँदे सम्झौँता पछि निलम्बन फिर्ता लिएको हो । त्यसअघि डा दाहालले आफ्नो कारणले उत्पन्न परिस्थितिप्रति आत्माआलोचना सहितको पत्र पठाएका थिए ।

बालकुमारीमा भएको बार्तामा कलेजका तर्फबाट सहायक प्राचार्य डा पावना कायस्थ र आवासीय चिकित्सकका तर्फबाट डा विजय केसीले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमतिका बुँदा:

१. आगामी दिनमा हरेक २/२ महिनामा नियमित समीक्षा बैठक बसी आवासीय स्वास्थ्य शिविर (Stay Camp) तथा अन्य शिविरहरुमा भएगरेका र हुनसक्ने कमि कमजोरीहरुलाई क्रमश : सुधार गर्दै लगिने छ ।

२. काठमाडौँ मेडिकल कलेज प.लि.बाट स्थानीय स्तरमा आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरमा  अर्को व्यवस्था नभएसम्म २ हप्तामा ३ पटक र Stay Camp बढीमा महिनामा १ पटक वा कलेज व्यवस्थापनले आवश्यक ठानेमा १ पटक थप गरी २ पटकसम्म आयोजना हुन सक्नेछ । शिविर संचालन हुने स्थानको दुरी तथा पहुच र आवश्यकताका आधारमा एक पटकको आवासीय स्वास्थ्य शिविर सामान्यतया १ (एक) हप्ता सम्मको हुन सक्नेछ । एक हप्ता भित्रमा विभिन्न ठाउंमा गरिने शिविरलाई एउटा Stay Camp का रुपमा गणना गरिनेछ।

३. गत २ वर्ष देखि सिन्धुपाल्चोक जिल्लाको सिपाघाटस्थित सामुदायिक अस्पतालमा आवासीय चिकित्सकहरु खटाइने गरिएकोमा अब उपरान्त खटाइने छैन ।

४. केएमसी सामुदायिक अस्पताल, दुवाकोटको ENT, Psychiatric, Ophthalmology and Dermatology विभागको Duty Roster लाई आवश्यकता अनुसार परिमार्जन गरिने छ ।

५. हामी तपशीलमा उल्लेखित ८१ जना आवासीय चिकित्सकहरुले अब उपरान्त कलेजले संचालन गरेको कुनै पनि स्वास्थ्य शिविरहरुमा सहभागि नहुने भनी मिति २०८०।०९।११ गते दिएको निवेदन यसै सहमतिद्वारा बदर हुने कुरामा हाम्रो पूर्ण सहमती रहेको छ । हामीले राजिखुसी आफ्नो  इच्छाले यस सम्झौता पत्रमा हस्ताक्षर गरेका छौं ।

६. मिति २०८०।०९।१२ गतेबाट यस मेडिकल कलेजमा उत्पन्न असहज परिस्थिति प्रति सम्पूर्ण आवासीय चिकित्सकले दुःख व्यक्त गर्दै आगामी दिनमा कलेजको उन्नयनका लागि सदैव एक हुने प्रण गर्दछौं ।

७. आवासीय चिकित्सकहरुले मिति २०६०।०९।१२ गतेबाट घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रमहरु फिर्ता लिई आफ्नो नियमित अध्ययन तथा कामकाजमा फर्किनु पर्नेछ ।

८. कलेज प्रसासनले आवासीय चिकित्सक डा. विशद दाहाललाई मिति २०६०/०९/१२ गते बाट १ (एक महिना)का लागि पोष्टग्रेजुएट कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी गरिएको निलम्बन फिर्ता लिइनेछ ।

शिक्षा मन्त्रीको निर्देशन टेरेन केएमसीले, प्रिन्सिपल प्राडा श्रेष्ठ भन्छन्-‘यो अवस्थामा कार्वाही फुकुवा हुँदैन्’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *