३० वर्षको अवधीमा भारत सरकारद्धारा नेपाललाई ९७४ एम्बुलेन्स सहयोग

काठमाडौँ, २५ पुस । पछिल्लो ३० बर्षको अवधीमा भारत सरकारले नेपाललाई ९७४ वटा एम्बुलेन्स सहयोग स्वरुप उपलव्ध गराएको छ । सोही अवधमिा विभिन्न विद्यालय तथा शैक्षिक प्रतिष्ठानलाई २३४ वटा स्कुल बस बितरण गरिएको नेपालस्थित भारतीय दुतावासले जनाएको छ ।

नेपाल भारत विकास सहयोग मार्फत स्वास्थ्य र शिक्षा सेवामा सहज पहुँच बनाउने, समुदायलाई सशक्त बनाउने उदेश्य अनुरुप यी कार्यहरु गरिएको दुतावासले जनाएको छ ।

दुतावासले पछिल्लो पटक १६ जुलाई २०२३ मा नेपालका विभिन्न जिल्लामा फैलिएका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुलाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार दिएको थियो ।

भारत सरकारले सन् १९९४ देखि एम्बुलेन्स तथा स्कुल बस सहयोग गर्न थालेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *