कोभिड-१९ संक्रमण : नेपालमा पनि देखियो ओमिक्रोनको सब-भेरियन्ट जेएन. १

काठमाडौँ, २३ पुस । छिमेकी देशमा फैलिएको कोरोनाको नयाँ सब-भेरियन्ट नेपालमा पनि देखा परेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक गरिएको प्रयोगशाला परीक्षणमा कोभिड – १९ अन्तरगतको ओमिक्रोनको भेरियन्टको सब भेरियन्ट जेएन. १ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज जारी विज्ञप्तीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका १६ जना संक्रमित व्यक्तिको नमूनालाई जिन सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा सव भेरियन्ट जेएन.१ देखिएको उल्लेख छ । यो सब भेरियन्ट नेपालमा पहिलो पटक भेटिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नयाँ सव भेरियन्ट देखिएसंगै नाकामा सतकर्ता अपनाएको भन्दै व्यक्तिहरुलाई पनि सतर्क र सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

पछिल्लो समय यो सव भेरियन्ट भारतका विभिन्न प्रान्तमा देखिएको छ ।

नेपाल र भारतबीच खुल्ला सिमाना रहेकोले त्यहाँ देखिने संक्रमणहरु ढिलो चाँडो नेपालमा देखिने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *