नेपालमा पूर्ण स्तनपान नगराउनेमा शिक्षित आमाहरु बढी
काठमाडौँ, १४ पुस । पूर्ण स्तनपान नगराउनेमा शिक्षित आमाहरु बढी रहेको पाइएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाले शुक्रबार काठमाडौँमा आयोजना गरेको आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुहरुको (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ सम्बन्धि पत्रकारहरुसँगको बहस पैरवी कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
कार्यक्रममा पोषणसँग सम्बन्धित राष्ट्रव्यापी कार्यक्रमहरुबारे जानकारी दिदै पोषण शाखा प्रमुख लिला विक्रम थापाले शिक्षित आमाहरुले पूर्ण स्तनपान कम गराउने गरेको पाइएको तथ्यांक प्रस्तुत गरे ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक प्रस्तुत गर्दै थापाले पूर्ण स्तनपानको दर माध्यामिक तहभन्दा शिक्षित आमाहरुमा कम देखिएको जानकारी दिए ।
साथै तथ्यांकअनुसार न्यून आय भएका आमाहरु ६४ प्रतिशत, उच्च आय भएका ४४ प्रतिशत परिवारका आमाहरुले पूर्ण स्तनपान गराएको पाइएको छ । नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत र शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ ।
शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ९४ प्रतिशत रहेको छ । पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदुरपश्चिममा ७४ प्रतिशत छ भने सबैभन्दा कम लुम्विनीमा ३६ प्रतिशत रहेको छ ।
उक्त तथ्यांक अनुसार नेपालमा बोतलपान गराएका शिशुको संख्या २२ प्रतिशत रहेको छ भने प्रदेशगत रुपमा बागमतीमा सबैभन्दा बढी (४३ प्रतिशत) र कर्णालीमा सबैभन्दा कम (११ प्रतिशत) रहेको छ ।
नेपालमा ५ वर्ष मुनीका २५ प्रतिशत बालवालिकाहरु पुड्कोपन, ८ प्रतिशत ख्याउटेपन, १९ प्रतिशत कम तौल र ४३ प्रतिशत रत्तअल्पताबाट ग्रसित छन् ।
संसारभरमा हुने बाल मृत्युदरको ४५ प्रतिशत कारक कुपोषण रहेको पाइएको छ । सवै प्रकारको कुपोषण न्युनीकरणमा स्तनपानको भूमिका महत्वपुर्ण हुन्छ ।
स्तनपानमा नेपालको अवस्था
नेपालमा जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत । ६ महिनासम्म पूरा स्तनपान गराउने ५६ प्रतशित, २ वर्षसम्म स्तनपान गराउने ९४ प्रतिशत।
विश्वको अवस्था
- २ जना नवजात शिशुमध्ये १ जनालाई जन्मिएको १ घण्टाभित्र स्नतपान गराइएको पाइन्छ।
- सन २०१५ देखि २०२० मा जन्मिएदेखि ६ महिनासम्मको शिशुमध्ये ४४ प्रतिशत शिशुले पूर्ण स्तनपान गरेका छन् ।
- राष्ट्रव्यापी पोषण कार्यक्रम अन्तर्गत, मातृ शिशु तथा बाल्यकालिन पोषण, वृद्धि अनुगमन तथा प्रब्रदन कार्यक्रम, आयोडिनको कमीले कमीले हुने विकृतिको रोकथाम, भिटामिन -ए को कमीले रोकथाम नियन्त्रण तथा उपचार, जुकाको औषधिद्वारा परजीवी नियन्त्रण, किशोरी आइरन वितरण कार्यक्रम, सीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम, एकीकृत शिशु तथा बाल्यकालीन पोषण तथा बलबिटा प्रवर्द्धन कार्यक्रम आइरन कमीले हुने रक्तअल्पता रोकथाम तथा नियन्त्रण कार्यक्रमहरू सञ्चालनमा छ।
सम्पर्क इमेल : [email protected]