काठमाडौँ मेडिकल कलेजको एक महिने निलम्बनमा परे पीजीका विद्यार्थी डा. विशद दाहाल
निलम्बन मात्रै होईन निस्कासनकै धम्की दिए पनि अन्यायविरुद्ध बोल्न छाड्दिन : डा. दाहाल
काठमाडौँ, १३ पुस । काठमाडौँ मेडिकल कलेजले पोष्ट ग्रेजुएट तह रेसिडेन्स दोस्रो बर्षका विद्यार्थी डा विशद दाहालमाथि कार्वाही गरेको छ । डा . दाहालले रेसिडेन्ट डाक्टरले पालना गर्नु पर्ने कर्तव्य र अनुशासनको उल्लंघन गरेको ठहर गर्दै १२ पुस देखि लागू हुने गरी पीजी कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी एक महिनासम्मका लागि निलम्बन गरेको हो ।
कलेजका प्राचार्य प्राडा रतिन्द्रनाथ श्रेष्ठले विहीबार बेलुका जारी विज्ञप्तीमा डा दाहालले आज काठमाडौँको गैह्रीगाउँस्थित सुकुम्बासी बस्तीमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा खटाइएकोमा त्यहाँ सहभागी नभएको र बुधबार विभागीय प्रमुखसंगको बैठकले गरेको निर्णयलाई पनि उल्लंघन गरेको आरोप लगाइएको छ । यस्तै बुधबारको निर्णय उल्लंघन गरेको विषयमा सोही दिन प्राचार्यले प्रकाशित गरेको अर्को सूचनालाई समेत डा दाहालले ठोस आधार र कारणविना अवज्ञा गरेको उल्लेख छ ।
काठमाडौँ मेडिकल कलेजका सञ्चालक नेपाली कांग्रेसका नेता एवं सांसद सुनील शर्मा हुन् ।
यता निलम्बनमा परेपछि डा दाहालले पनि आफ्नो स्पष्टीकरण दिएका छन् । उनले दुई वर्ष अघि नै यस्तै शक्तिसंग भिड्न तयार छु भनेर नै देश बस्ने कठिन निर्णय लिएको भन्दै क्षमता र बुताले भ्याएसम्म लडि रहने बताएका छन् । उनले निलम्बन मात्रै नभई निस्कासन नै गर्ने धम्की दिए पनि आफू नडराउने स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लामो भनाई राख्दै आवासीय चिकित्सक माथि केएमसीले धेरै नै अन्याय गरेको भन्दै त्यसविरुद्ध आफू बोली रहने बताएका छन्।
हेरौँ उनको भनाई
दुई वर्ष अघि यस्तै शक्तीहरुसँग भिँड्न तयार छु भनेर नै देश बस्ने कठिन निर्णय गरेको थिएँ । तसर्थ मेरो क्षमता र बुताले भ्याएसम्म लडिरहन्छु । निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिएपनी हुन्छ माननीय ज्यु ।
भएको के थियो : विगत दुई वर्षदेखी हेल्थ क्याम्पको नाउँमा केएमसी र नोबेल मेडिकल कलेजले अत्यन्त अमानवीय ढङ्गले रेजिडेन्ट चिकित्सकलाई गुन्डागर्दी शैलिमा खटाउँदै आइरहेको छ ।
बाहिर देखाउँदा जनसेवा भनेतापनी क्याम्पको भित्री मनशाय राजनैतिक प्रचारप्रसार र रु कर छली सम्म रहेको अधिकाँशको बुझाइ
यसरी क्याम्पको नाममा कहिले कहिले त महिनाको १८/२० दिन सम्म अस्पताल बाहिर राखी हाम्रो शिक्षण शिकाइमा गम्भीर असर पर्ने गरि खटाइन्थ्यो ।
पाठ्यक्रममै समावेश नभएको यस्तो क्याम्पमा जबरजस्ती रुपमा खटाउने काम विगत दुई वर्ष देखि जारी थियो ।
पछिल्लो चोटी क्याम्पमा लगि सामान्य खान बस्न समेत असहज हुने गरि जबरजस्ती दैनिक १५००/२००० बिरामी जाँच्न लगाइन्थ्यो ।
यस्तो चिसोमा राती २/३ बजेसम्म कच्ची बाटोको यात्रा गराउने र बिहानै ८ बजे उठाएर फेरि अर्को क्याम्पमा खटाउने परिपाटी हाम्रा लागि सामान्य जस्तै भइसकेको थियो ।
यो कुरा पटकपटक चिकित्सा शिक्षा आयोग , काउन्सिल र युनिभर्सिटीमा जानकारी गराउँदा समेत कहिल्यै सुनुवाइ भएन ।
अन्तिमपटकको क्यामपमा त एकजना रेजिडेन्टलाई यात्रा कै दौरान गम्भीर रक्तस्राव तथा छारे आयो , तरपनी क्याम्प रोकिएन । यहि कुरा हामीले उठाएर क्याम्प जाँदैनौ भनी आन्दोलन गर्यौँ ।
अन्त्यमा आन्दोलनको नाइके को हो त भनेर छानी छानी कार्वाही गरियो ।
मेरो रेजिडेन्सी के हुन्छ त्यो त मलाइ थाह भएन , तर यो हदसम्मको अन्याय हुँदा पनि म बोलिन भने मेरो आत्माले सधैँ मलाइ सराप्थ्यो ।
तसर्थ म बोलेँ र बोलिरहन्छु । -विशद दाहाल
सम्पर्क इमेल : [email protected]
Very bold decision against the institutional blackmail and threats by a personal. Initially, light starts from the ignition of one stick of macth but enlightened the wider area after a while. Keep it up for bitterness for all others.