गंगालाल अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा.रवि मल्ललाई
काठमाडौँ, ११ पुस । बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. रवि मल्लले पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।
यसअघि गत पुस ६ मा कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो। डा.अधिकारीको कार्यकाल सकिएपछि नयाँ निमित्त निर्देशकको जिम्मेवारी डा. मल्ललाई दिएको हो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]