वीर अस्पतालका पूर्व निर्देशक डा. श्रवणकुमार चौधरीको निधन
काठमाडौ, ५ पुुस । वीर अस्पतालका पूर्व निर्देशक डा. श्रवणकुमार चौधरीको निधन भएको छ । बुधबार राती उपचारका क्रममा ७२ वर्षको उमेरमा डा.चौधरीको निधन भएको हो ।
डा. चौधरी २० भदौं २०६४ देखि १८ पुस २०६५ सम्म वीर अस्पतालका निर्देशक रहेका थिए । उनी पूर्व स्वास्थ्य सचिव डा. पुष्पा चौधरीका श्रीमान हुन् ।
यसैबीच पूर्व निर्देशक डा. चौधरीको निधनप्रति वीर अस्पतालले दुख व्यक्त गरेको छ। अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले शोक वक्तव्य जारी गर्दै चौधरीको निधनप्रति दुख व्यक्त गरेका छन्।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]
Deepest condolences