डा. एकानन्द सिंहलाई ८ हजार डरलको ‘फेलोसिप’
काठमाडौँ, ५ पुस । नेपालका युवा कलेजो सर्जन डा. एकानन्द सिंह ८ हजार डलरको अन्तराष्ट्रिय फेलोसिपका लागि चुनिएका छन् ।
ग्यास्ट्रो इंटेस्टाइनल सर्जनहरुको विश्वव्यापी समाज द सोसाइटी फर सर्जरी अफ एलीमेन्ट्री ट्याक्ट (एसएसएटी)ले डा सिंहलाई यसवर्षको ‘एसएसएटी ट्राभलिङ्ग फेलोसिप’ दिने भएको हो । उनी कम तथा मध्यम आय भएका देशका सर्जनहरु मध्येबाट छनौट भएका हुन् ।
‘एसएसएटी ट्राभलिङ्ग फेलोसिप -२०२३ का लागि छनौट भएको छु । खुशी लागेको छ । यसले उत्पेरणाका साथै थप सिकाईका लागि प्रोत्साहन गर्ने छ,’ खुशी हुँदै डा. सिंहले भने ।
फेलोसिपमा छनौट भएका उनी आगामी वर्षको मे महिनामा अमेरिकाको राजधानी वासिंङटन डीसीमा हुने एसएसएटीको बार्षिक बैठकमा सहभागि हुने तथा जीआई सर्जनबीच अन्तरक्रियामा सहभागि हुने मौका पाउने छन् ।
संसारकै उत्कृष्ठ भनिएका मायो क्लिनिक क्लिभल्याण्ड क्लिनिकको समेत भ्रमण गरी जीआई सर्जरी सम्वन्धी नयाँ सिप र सर्जिकलको गुणस्तरहरुको अध्ययन्को अवसर पाउने छन् ।
‘यस अवसरमा विकसित देशले अवलम्बन गरेका जीआई शल्यक्रिया सम्वन्धी नयाँ सिप तथा प्रयोगका बारेमा जान्ने मौका समेत मिल्नेछ,’ उनले भने ।
डा सिंह किष्ट मेडिकल कलज तथा ग्राण्डी अस्पतालमा जनरल तथा हेपाटो विलियरी सर्जनको रुपमा कार्यरत छन् ।
उनको समूहले नेपालमा उपत्यका बाहिर पहिलो पटक चितवन मेडिकल कलेज र उपत्यकामा किष्ट मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सुरुवात गरेका थियो । हालै किष्ट मेडिकलकलेजमा उनको टोलीले पहिलो पटक एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण गरेको थियो ।
डा सिंह हेपाटो विलियरी सर्जरी विषयमा विद्याबारिधि गर्ने पहिलो नेपाली चिकित्सक हुन् ।
उनले २०७५ साल राष्ट्रपतिबाट नेपाल विद्याभुषण क पाउनुको साथै सन् २०२० मा अन्तराष्ट्रिय कलेजो प्रत्यारोपण समाजबाट प्रतिष्ठित योङ इन्भेस्टिगेटोर अवार्डबाट विभुषित भएका थिए ।
* शिर्षक सच्याइएको
सम्पर्क इमेल : [email protected]
अत्यन्तै खुशीकाे खबर…गाैरान्वित महशुस गर्दैछु मेरा विध्यार्थीले यति ठूलाे सफलता पाएकाेमा र देश कै नाम राख्ने माैका पाएकाेमा !
Great news and congratulations to dr ekanand
बधाई तथा शुभकामना
Congratulations Dai…
Congratulations Doctor
Gret News for Us.
Big Congratulation Resp.Dr.
Gret news for Us.Big Congratulation Resp.Dr.
A huge congratulations. Really proud and best wishes for up coming days.