ब्रेन ट्युमरको लागि विशेष क्लिनिक सञ्चालन गर्दै वीर अस्पताल

काठमाडौँ, २५ मंसिर ।  वीर अस्पतालमा साताको दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा सञ्चालन हुने भएको छ । अस्पतालको न्यूरो सर्जरी विभागमा हालै स्थापित राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले ब्रेन ट्युमर विशेषज्ञ सेवा दिन लागेको हो ।

केन्द्रले ब्रेन ट्युमरको उपचारका लागि भन्दै आइतबार र बुधबार विहान १० देखि १ बजेसम्म सेवा दिने गरी ब्रेन ट्युमर विशेष क्लिनिक सञ्चालनमा ल्याएको छ । सो सेवा न्युरो सर्जरी बहिरंग विभागको कोठा नं ४३१ बाट सञ्चालन हुने बताइएको छ ।

त्यस्तै साताको दुई दिन राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत न्यूरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा पनि वीर अस्पतालले सुरु गरेको छ । उक्त सेवा मार्फत् टाउकोको ट्युमर र मेरुदण्ड दुखाइलगायतका रोगबाट पीडित बिरामीले राहत पाउने अपेक्षा अस्पतालको गरेको निमित्त निर्देशक डा. श्रवणकुमार थापाले बताएका छन्।

सो सेवा पनि विहान १० देखि १ बजेसम्म कोठा नम्बर ४२८ बाट सञ्चालन हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *