विश्व एड्स दिवस :

एचआईभी नियन्त्रणका लागि एचआईभी संक्रमित र मुख्य जोखिमकर्ता समूहको अर्थपूर्ण सहभागिता जरुरी : प्रधानमन्त्री दाहाल

नेपालमा हरेक दिन कम्तीमा एक जनालाई एचआईभी संक्रमण

काठमाडौँ, १५ मंसिर । प्रधानमन्धी पुष्पकमल दाहाल (प्रचण्ड)ले एचआईभी संक्रमित र मुख्य जोखिम समूहमा रहेकालाई एचआईभी प्रतिक्रियामा अर्थपूर्ण सहभागिता र त्यसको नेतृत्व लिन अपिल गरेका छन् ।

विश्व एड्स दिवसको सन्दर्भमा शुक्रबार एक सन्देश दिदै प्रधानमन्त्री दाहालले भविष्यमा एचआईभी संक्रमणका कारण कसैको पनि अकाल मृत्यु नहोस भन्ने चाहना व्यक्त गरेका छन् । उनले चिकित्सा विज्ञानमा भएको प्रभावकारी अनुसन्धान तथा समुदायको प्रभावकारी नेतृत्व र प्रतिकृयाको कारणले एचआईभी दीर्घ व्यवस्थापन गर्न सकिने अवस्थामा पुगेको बताए ।

साथै उनले नियमित रुपमा एचआईभीको उपचार गरेमा संक्रमित व्यक्तिहरुले स्वस्थ जीवन यापन गर्न सक्ने बताए । उनले दिगो विकास लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्ममा एड्स महामारी अन्त्य र्गे प्रतिवद्धता जनाइसकेको भन्दै त्यसलाई लक्ष्यमा पुरयाउनका लागि सबै पक्षले योजनावद्ध तरिकाले अघि बढ्न आग्रह गरे ।

यता स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले एचआईभीको महामारी नियन्त्रण प्रयासमा विगत दुई दशकमा नेपाललले उल्लेखनीय उपलव्धी हासिल गरेको बताए ।

उनले सन् २०१० देखि २०२२ सम्ममा नयाँ एचआईभी संक्रमण दर करीव ७७ प्रतिशतले घटेको र एड्सबाट मृत्यु हुने दर ८० प्रतिशतले कमी आएको भन्दै यस कार्यमा लाग्ने स्वास्थ्यकर्मी तथा सरोकारवालालाई धन्यवाद दिए । उनले एचआईभीको ९५ -९५ -९५ को लक्ष्यहरु (९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती ९५ प्रतिशतले एआरभी औषधि उपचारमा पहुँचमा हुने र त औषधि खानेहरुमध्ये ९५ प्रतिशतले शरीरमा भाइरसको भार न्युन हुने )लाई प्राप्त गर्नका लागि यो दिवस मनाइदै आएको बताए ।

यसवर्ष ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने मुल नाराका साथ विश्व एड्स दिवस मनाईदै छ ।

सन् २०२२ को अन्त्यसम्म नेपालमा ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ । त्यसमा बयस्क जनसंख्याको ०.११ प्रतिशत संक्रमण (प्रिभ्यालेन्स दर) रहेको पाइन्छ ।

नेपालमा हरेक दिन एक जना मानिसमा एचआईभी संक्रमण हुने गरेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

विश्वको तथ्यांकको कुरा गर्दा सन् १९८१ मा हिलो एचआईभी संक्रमित पत्ता लागे देखि सन् २०२२ को अन्त्यसम्ममा ८ करोड ५६ लाख व्यक्तिहरु एचआईभी संक्रमित भएका छन् । त्यसैगरी यो अवधीमा ४ करोड ४ लाख व्यक्तिहरु एड्सको कारण मृत्यु भइसकेको छ ।

सन् २०२२ मा १३ ाख नयाँ संक्रमण थपिएको अनुमान छ, जो १९९५ को तुलनामा ५९ प्रतिशतले कमी हो ।

विश्वमा सन् २०२२ मा मात्रै करीव ६ लाख ३० हजार व्यक्तिहरु एड्सको कारणले मृत्यु भएको अनुमान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *