पीसीएल नर्सिङ लाइसेन्स परीक्षामा १९ प्रतिशत पास, बीएस्सीमा पनि आधा भन्दा कम
काठमाडौँ, १० मंसिर । शनिबार लिइएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजाले नर्सिङ पढाईको गुणस्तरमै शंका हुने गरी नतिजा निस्किएको छ ।
नेपाल नर्सिङ परिषद्ले राजधानीका दुई वटा परीक्षा केन्द्रहरुमा शनिबार विहान लिएको लाइसेन्स परीक्षामा पीसीएल तर्फ सहभागीमध्ये ८१ प्रतिशत फेल भएका छन् ।
परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना ( १९.३४ प्रतिशत) मात्रै पास भएका छन् ।
हिजो नै लिइएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधा भन्दा बढी फेल भएका छन् । यद्धपी पीसीएलको भन्दा नतिजा केही सुधार देखिएको छ । बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३ प्रतिशत) पास भएका छन् ।
पीसीएल नर्सिङमा यसपटक किन कम पास भएको ? प्रजापतिको जवाफ छ, ‘अहिले परीक्षा दिनेहरु फ्रेस स्टुडेन्ट होईन । धेरै पटक अनुतीर्ण भएकाहरु सहभागी भएकोले यो कमजोर नतिजा आएको हो ।’
उनले कतिपटक सम्म परीक्षा दिएकाहरु यसपटक सहभागी थिए भनेर बताउन भने चाहिनन् । प्रजापतिले बीएस्सी नर्सिङमा फ्रेस विद्यार्थीहरु सहभागी भएकोले नतिजा तुलनात्मक रुपमा राम्रो आएको जानकारी दिईन् ।
परिषद्ले शनिबार सम्मन्न गरेको ३४ औँ नाम दर्ता परीक्षाका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टर तोकिएको थियो ।
परीक्षा शनिबार विहान ९ देखि ११ : ३० सम्म सञ्चालन भएको थियो ।
#नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुृहोला ।
सम्पर्क इमेल : [email protected]
Pcl nursing
Results
I have to check result
So so
Pcl nursing