नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी १० र ११ मंसिरमा हुँदै

काठमाडौँ ४ मंसिर । नेपाल चिकित्सक संघले यसअघि स्थगित गरेको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी १० र ११ मंसिरमा काठमाडौँमा हुने भएको छ । संघले यसअघि असोजमा गर्न लागेको सम्मेलन चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि निरन्तर आक्रमण र दुर्व्यवहारका घटना बढेपछि स्थगित भएको थियो ।

त्यसबेला संघले सम्मेलन स्थगित गरी देशव्यापी हड्तालमा उत्रिएको थियो ।

संघले सम्मेलनको नयाँ मिति सार्वजनिक गरेसँगै सम्मेलनका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ। ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रबर्द्धनः अवसर र चनौती’ विषायमा केन्द्रित रहेर तेस्रो राष्ट्रिय सम्मेलनमा छलफल हुने छ।
‘थर्ड एनएमए नेशनल हेल्थ समिट-२०२३’ नाम दिइएको यो दुई दिने सम्मेलन गुणस्तरीय स्वास्थ्य सेवाको प्रर्वद्धन अवसर र चुनौती भन्ने मुख्य सन्देशका साथ ६ वटा छुट्टाछुट्टै विषयवस्तुमा प्यानल छलफल सहित बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने छ।
संघका अनुसार अघिल्लो वर्ष गरिएको दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली र स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा विषयमा छलफल हुने छ।

संघले जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको महिनालाई प्रत्येक वर्ष बार्षिक क्यालेण्डर इभेन्टको रुपमा सम्मेलनको आयोजना गर्न थालेको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *