५०० बढी कैदीबन्दीहरुलाई नसर्ने रोग र मानसिक स्वास्थ्य बारेमा प्रशिक्षण

काठमाडौँ, २ मंसिर । केन्द्रीय कारागार अस्पताल जगन्नाथ देवलमा नसर्ने रोग, सुर्तीजन्य लतको प्रभाव र मानसिक स्वास्थ्यबारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

अस्पतालको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा आयोजित कार्यक्रममा केन्द्रीय बन्दी गृह, भद्र बन्दी गृह तथा महिला बन्दी गृहमा रहेका करिव ५०० जनाभन्दा वढी कैदी बन्दीहरु सहभागी थिए ।

उक्त कार्यक्रममा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा प्रकाश बुढाथोकी, डब्लुएचओका डा केदार मरहठ्ठा, डा लोनिम दिक्षितले सहजीकरण तथा प्रशिक्षण दिएका थिए । उनीहरुले सुधारगृहभित्र नै नसर्ने रोगहरु, मानसिक रोग, मधुमेह, मुटु सम्वन्धि रोग, मृगौला सम्वन्धी रोग, सुर्तीजन्य पदार्थको अनुचित प्रयोग तथा मदिरा सेवन लगायतको प्रकोपले गर्ने हानीका बारेमा बताएका थिए ।

यसअघि केन्द्रीय कारागार अस्पतालले देशभरका ७४ जिल्लामा रहेका ७७ वटा कारागार भित्रका करीव ३० हजार कैदीबन्दीमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी सर्भे गरिएको थियो । त्यसमा कैदीवन्दीहरुमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्या बृद्धि भएको देखिएको थियो ।

अस्पतालका मेसु डा बुढाथोकीले ७० प्रतिशत भन्दा बढी नसर्ने रोगको जोखिम रहेको अवस्थामा खानपान र जीवनशैलीमा परिवर्तन गर्न सके मात्रै पनि ५० प्रतिशत न्युनिकरण सकिने भन्दै कैदीवन्दीहरुलाई त्यसबारेमा विशेषज्ञहरुमार्फत प्रशिक्षण दिईएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *