सीटीईभीटीको सदस्य सचिव पदका लागि ८ जना प्रतिस्पर्धामा

आगामी ८ मंसिरमा कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ता हुने

काठमाडौँ, ३० कात्तिक ।  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिव पदमा आठ जना उम्मेद्धार प्रस्तिपर्धामा उत्रिएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको नाम सिफारिस समितिले उनीहरुका लागि आगामी ८ मंसिरका दिन कार्ययोजना प्रस्तुतिकरण तथा अन्तरवार्ताका लागि मिति तोकेको छ ।

यसअघि सो प्रस्तुतिकरण तथा अन्तरवार्ता १७ र १८ कात्तिकमा हुने भनिएको थियो । तर जाजरकोट भूकम्पका कारण आकस्मिक रुपमा सो सरेको थियो ।

प्रतिस्पर्धामा अरविन्दकुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुङ्गाना, नलराम देवकोटा रहेका छन् । यस्तै टेकबहादुर मल्ल, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य पनि प्रतिस्पर्धामा छन् ।

मन्त्रालयले ८ जना मध्ये पहिलो चार जनालाई मंसिर ८ गते विहान ८ बजे देखि र दोस्रो चार जनालाई सोही दिन दिउसो ३ वजे पछि प्रस्तुतिकरण र अन्तरवार्ताका लागि बोलाएको छ ।

प्रस्तुतिकरण तथा अन्तरवार्ता मन्त्रालयको अडिटोरियम हलमा हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *