प्रयोगशालाको निर्देशक साढे चार वर्ष पछि परिवर्तन !

काठमाडौँ, २१ कात्तिक । यो देशमा सरकार छिटो छिटो फेरिने, मन्त्रीहरु स्वभाविक रुपमा फेरिने नै भए । मन्त्रीहरु फेरिएपछि पहिलो काम सरुवाबाटै सुरु गर्ने । त्यो पनि माथिल्लो तहबाट ।

औषतमा आधा वर्ष टिक्न मुस्किल स्वास्थ्य मन्त्रीहरुकै कारण स्वास्थ्यको नेतृत्व पनि उनीहरु जस्तै फेरिई रहन्थ्यो । तर पछिल्लो पटक एउटा चिज अचम्म भयो, स्वास्थ्यका अरु निकाय वा महाशाखा जस्तो गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेतृत्व परिवर्तन भएन ।

अर्थात,

यसअघि त्यहाँ निर्देशक बनेकी डा रुना झाले दोस्रो पटक निर्देशक हुँदा लगातार साढे चार वर्ष भन्दा बढी निर्देशकको जिम्मेवारी सम्हालिन । नेकपा माओवादी केन्द, नेकपा एमाले, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, हुँदै नेपाली कांग्रेसको यस अघिको नेतृत्वले उनलाई नेतृत्वबाट हटाउने कोशिष गरे पनि सकेको थिएन ।

यसपटक भने परिवर्तन भएकी छन् ।

स्वास्थ्य मन्त्री मोहनबहाुदर बस्नेतले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा रञ्जनराज भट्टलाई निर्देशक बनाइदिए । डा झालाई भने त्यहि नै रहेर काम गर्ने जिम्मेवारी तोके ।

स्वास्थ्य मन्त्रालय होस वा विभागका महाशाखाहरु, सबैभन्दा लामो समय लगातार नेतृत्व गर्ने सहसचिवमा उनैको नाम आउँछ । पहिलो पटक ६ भदौ २०७४ मा तत्कालीन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले निर्देशक बनाईदिएपछि त्यसको एक महिना अघि निर्देशक बनेका डा राजकुमार महतो सर्बोच्च गएका थिए । सर्बोच्चले महतोको पक्षमा फैसला सुनाईदियो । त्यसपछि डा झा झण्डै ढेड वर्ष भन्दा केही बढी समय नेतृत्व विहीन जस्तो भईन् । तर पछि १८ बैशाख २०७६ देखि पुन नेतृत्वमा आइन । यसपछि भने जति मन्त्री फेरिए पनि उनको जिम्मेवारी फेरिएन ।

‘उहाँ लामो समय एकै ठाउँमा रहेर नेतृत्वमा बस्न पाउने भाग्यमानी कर्मचारी हुनुहुन्छ जस्तो लाग्छ । अहिलेसम्म सम्भवत यति लामो सरुवा नभएको त्यो तहको कर्मचारी सम्भवत उहाँ मात्रै हो । कसरी त्यति लामो समय टिक्न सक्नु भयो अचम्म लाग्छ,’ विभागका एक कर्मचारीले भने ।

उनले यतिका समय नेतृत्वमा रहेकी झालाई तल झारेर अर्को व्यक्तिलाई त्यहाँ पुरयाउँदा काम गर्न सक्ने हो कि होइन भन्ने चिन्ता रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *