भरतपुर अस्पतालकाे मेडिकल सुपरिटेन्डेन्टमा डा. श्रीराम तिवारी


काठमाडौं २१ कार्तिक । भरतपुर अस्पतालकाे मेडिकल सुपरिटेन्डेन्टमा डा. श्रीराम तिवारी नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतले आज मन्त्री स्तरिय निर्णय गर्दै डा. तिवारीलाई मेसुकाे जिम्मेवारी दिएका हुन् ।

भरतपुरमा यसअघि डा. कृष्णप्रसाद पाैडेल थिए । उनी दशौ तहका थिए ।

त्यहाँ गएका डा. तिवारी एघारौं तहका हुन् । उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *