सेना, प्रहरी र वीरको गरी ४१ जनाको चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्र तर्फ

काठमाडौँ, १८ कात्तिक । भूकम्प प्रभावित क्षेत्र जाजरकोटका घाइतेहरुको उपचारका लागि काठमाडौँबाट ४१ जनाको चिकित्सक टोली त्यस तर्फ जाँदै छन् । स्वास्थ्य मन्त्रालयले समन्वय गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीर अस्पतालका गरी ४१ जना चिकित्सक त्यस तर्फ पठाएको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

नेपाली सेनाबाट १६ जना, नेपाल प्रहरीको ११ जना, सशस्त्र प्रहरीको ८ जना र वीर अस्पतालबाट ६ जना गरी कुल ४१ जना अहिले विहान त्यसतर्फ मुभ भएको अवस्था हो ।

डा बुढाथोकीले भने, यी समूहमा नर्सिङ तथा प्यारामेडिक्सहरु पनि छन् । उनले अर्थोपेडिकल तथा ट्रमाका सम्वन्धी सर्जन, एनेस्थेसिया, एमडीजीपी तथा मेडिकल अफिसरहरु मिलाएर पठाइएको बताए । सर्जनहरुले जिल्ला अस्पतालमा बेस बनाएर शल्यक्रिया गर्नेछन् । मेडिकल अफिसरहरुलाई स्थानीय क्षेत्रमा परिचालन गरी उपचार गरिने तयारी छ । त्यसमा नर्सिङ तथा प्यारामेडिक्सहरु पनि छन् ।

उनले आवश्यकताका आधारमा थप जनशक्ति पठाउने गरी यता तयारी भइरहेको पनि बताए । विहान साढे छ बजे, साढे सात बजे र सवा आठ बजे गरी ती टोलीलाई तीन पटक गरी पठाइएको पनि उनले बताए ।

भूकम्प प्रभावितहरुको उपचार गर्न नेपालगञ्ज र सुर्खेतका अस्पतालहरु तयारी अवस्थामा
यसैबीच सरकारले नेपालगञ्जको भेरी अस्पताल, र सुर्खेत प्रादेशिक अस्पताललाई डेडिकेटेड अस्पताल बनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले यी अस्पताल बाहेक नेपालगञ्ज मेडिकल कलेज सहित अरु अस्प्ताललाई पनि तयारी अवस्थामा राखिएको बताए ।

उनले भेरीमा भूकम्पमा परेको एउटा केश पुगिसकेको र शल्यक्रिया तयारी भइसकेको आफूलाई खवर आएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *