डब्लुएचओ क्षेत्रीय निर्देशक छनौटका लागि चुनाव आज

चुनावी प्रतिस्पर्धामा रहेका डा. आचार्य र वाजेद क्रमश बायाँबाट

काठमाडौँ, १५ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एशिया (सेरो) को क्षेत्रीय निर्देशक पदको चुनाव बुधबार (आज) हुँदै छ । भारतको नयाँ दिल्लीमा गत सोमबार देखि जारी सेरो बैठकको तेस्रो दिन आज नयाँ निर्देशक छनौटका लागि चुनाव हुन लागेको हो ।

उक्त पदमा नेपाल र बंगलादेशका उम्मेदवार प्रतिस्पर्धी छन् । नेपालले डब्लूएचओमै कार्यरत शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । उनीसँग बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले प्रतिस्पर्धा गर्दैछिन् ।

सेरोमा पालैपालो सबै देशका स्वास्थ्यमन्त्रीहरू क्रमशः क्षेत्रीय अध्यक्ष हुन्छन् । तर, क्षेत्रीय निर्देशकको पद भने सदस्य राष्ट्रबीचको मतदान वा सहमतिबाट चुनिँदै आएको छ । अहिले क्षेत्रीय निर्देशक पदमा भारतका डा. पुनम क्षेत्रपाल सिंह छिन् ।  उनले दोस्रो कार्यकाल पूरा गर्दै छिन् ।

डब्लुएचओ सेरोमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिब्स, उत्तरकोरिया, इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड र म्यानमार गरी ११ सदस्यीय राष्ट्र छन् । तर म्यानमारलाई अहिले भोट गर्ने अधिकार दिइएको छैन् । त्यसैले यसपटक १० देशको भोटबाट क्षेत्रीय निर्देशक तय हुनेछ ।

बैठकले छनौट गरेको नामलाई आगामी २२ देखि २७ जनवरीमा स्विट्जरल्याण्डको जेनेभामा हुने डब्लुएचओ बोर्ड बैठकमा पेश गरिनेछ । नव नियुक्त क्षेत्रीय निर्देशकले १ फेब्रुअरी २०२४ देखि पाँच वर्षका लागि कार्यभार सम्हाल्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *