नेपाल एनसीडी एलायन्सले नसर्ने रोग विरुद्धको अभियानलाई थप गतिशील बनाउने

एलायन्सको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ, १३ कात्तिक । नेपाल एनसीडी एलायन्सले नसर्ने रोगविरुद्धको आफ्नो अभियानलाई थप गतिशील बनाउने भएको छ । सोमबार राजधानीमा भएको एलायन्सको दोस्रो बार्षिक साधारणसभालाई सम्वोधन गर्ने क्रममा अध्यक्ष डा. प्रकाशराज रेग्मीले नसर्ने रोग विरुद्धको अभियानलाई थप गति दिने बताएका हुन् ।

‘नसर्ने रोगको अवस्था बढ्दो क्रममा छ । हाम्रो अस्वस्थ खानपान, वदलिदो जीवनशैली तथा बातावरणीय पक्षका कारण नसर्ने रोग झाङ्गिदै छ । यसलाई नियन्त्रण गर्नका लागि सरकार, गैरसकारी संस्था तथा नागरिक समाज, पत्रकार लगायत सबैको सामुहिक एकता आवश्यक छ । हामीले यो एलायन्समा यस्ता कार्यमा क्रियाशिल विभिन्न गैर सरकारी संस्था तथा व्यक्तिहरुलाई गोलवद्ध गरेका छौँ । अबको हाम्रो योजना नसर्ने रोग विरुद्धको अभियानलाई तिब्रता दिनु हो,’डा. रेग्मीले भने ।

एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले रोग लाग्न नदिनका लागि, रोगबारे जनचेतना जगाउनका लागि नीतिगत तथा सचेतनाका कार्यक्रमलाई अघि बढाउनुका साथै स्क्रिनिङ, अनुसन्धान र उपचार लगातका गतिविधिलाई पनि अवका दिनमा समेटने बताए । उनले विभिन्न संस्थासंग सहकार्य गरी नसर्ने रोग विरुद्धको अभियानलाई अघि बढाउने बताए ।

त्यसअघि साधारणसभामा महासचिव किशोरकुमार प्रधानांङ्गले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उत्तमा श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले दुबै प्रतिवेदन पास गरेको छ ।

नेपाल एनसीडी एलायन्स नसर्ने रोग विरुद्धको अभियानमा क्रियाशिल व्यक्ति तथा संस्थाहरुको अग्रसरतामा सन् २०१३ मै स्थापना भएको थियो । त्यसबेला ‘लुज फोरम’को रुपमा रहेर काम गर्दै आएको एलायन्सले गत वर्ष देखि मात्रै औपचारिक संस्थाको रुपमा आफूलाई उभ्याएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *