गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख फेरिए, प्रमेसुको जिम्मेवारी डा. मिश्रलाई
काठमाडौँ, १२ कात्तिक । राजबिराजस्थित गजेन्द्र नारायण सिह अस्पतालको प्रमुख फेरिएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत १० कात्तिकमा मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालको प्रमुख फेरिदिएका हुन् ।
मन्त्री बस्नेतले अधिकृत एघारौँ तहका प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन डा अवधेश कुमार मिश्रलाई सो अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी दिएका हुन् । उनलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै आर्थिक तथा प्रशासनिक अधिकार सहित अस्पतालको प्रमुख मेडिकल सुपरीटेण्डेन्टको जिम्मेवारी तोकिएको हो ।
यसअघि त्यहाँ डा प्रकाशप्रसाद साह प्रमुख थिए । एघारौँ तहका उनलाई स्वास्थ्य सेवा विभागमा ल्याइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।
सम्पर्क इमेल : [email protected]