यस्तो बन्यो नेपाल औषधि उत्पादक संघको नयाँ कार्यसमिति

काठमाडौँ, २६ असोज । नेपाल औषधि उत्पादक संघ (एपोन)को आज सम्पन्न २९ औँ बार्षिक साधारण सभा पछिको मतदानबाट आगामी दुई वर्षका लागि नयाँ कार्य समिति निर्वाचित भएको छ । मतदान प्रक्रियाबाट संघमा ११ सदस्यीय नयाँ कार्यसमिति आएको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा महेश प्रसाद प्रधान रहेका छन् । यस्तै विधान अनुसार निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डे पनि नयाँ कार्यसमितिमा रहने छन् । निर्वाचन पछि बरिष्ठ उपाध्यक्षमा प्रभात रुङ्गाटा र उपाध्यक्षमा सन्तोष बराल चयन भएका छन् ।

यस्तै महासचिवमा सुदर्शन खेगुली र कोषाध्यमा पृथ्वीराज भण्डारी(निजु) चयन भएका छन्। सदस्यहरुमा शैलेश बैद्य, सुमितचन्द्र श्रेष्ठ, पंकज कुमार तिवारी, गिरिराज पाठक र दिपक तिबडेवाल चयन भएका छन्।

एपोनका अध्यक्षमा विप्लव अधिकारीलाई पराजित गर्दै महेश प्रधान विजयी भएका हुन्। प्रधान ३६ मतसहित विजयी भएका थिए भने उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाएका थिए ।

एपोनमा कुल सदस्य संख्या ७५ भए पनि मताधिकार ६० जनाका लागि थियो । ती मध्ये आजको मतदानमा ५३ जना सहभागी थिए । त्यसमध्ये ४८ मत मात्रै सदर भएको थियो ।

निर्वाचनमा सदस्यहरु तर्फ सबैभन्दा बढी मत सुमित चन्द्र श्रेष्ठले ल्याएका थिए । उनको मत ४७ थियो । दोस्रो बढी प्रभात रुङ्गाटाले ४६ मत, पंकजकुमार तिवारी ४५, पृथ्वी राजभण्डारी ४३ मत ल्याएका थिए ।

त्यस्तै सन्तोष बरालले ४१ मत, शैलेश वैद्य, सुदर्शन खगोली र गिरिराज पाठकले समान ३९ मत पाएर निर्वाचित भएका थिए। दीपक कुमार तिबडेवालले ३८ मत पाएका थिए।

संघको विधान अनुसार निर्वाचित सदस्यहरुबाट पदाधिकारी चयन गरिएको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *