एपोनको नयाँ नेतृत्वको लागि भएन सहमति, अध्यक्ष पदका लागि महेश प्रधान र विप्लभ अधिकारीको उम्मेद्धारी
काठमाडौँ, २६ असोज । नेपाल औषधि उत्पादक संघ (एपोन)को नयाँ नेतृत्व चयनका लागि मतदान हुने भएको छ । अध्यक्षमा प्रत्यासीमध्येका दुई जना सहमतिमा नआएपछि मतदानबाट नयाँ नेतृत्व चयन हुन लागेको हो ।
अध्यक्ष पदका लागि यसअघि बरिष्ठ उपाध्यक्ष रहेका महेशप्रसाद प्रधान र महासचिव रहेका विप्लभ अधिकारीले उम्मेद्धारी दिएका छन् ।
नौ सदस्यीय कार्यसमिति सदस्यका लागि अरु ११ जनाको उम्मेद्धारी परेको छ । त्यसमा दीपककुमार तिब्डेवाल, सुमितचन्द्र श्रेष्ठ, ईश्वरकुमार भण्डारी सजलराज रेग्मी, सुदर्शन खेगुली र गिरीराज पाठक (गणेश) छन् ।
यस्तै पृथ्वीराज भण्डारी (निजु) डा पंकजकुमार तिवारी, शैलेस बैद्य, सन्तोष बराल र प्रभात रुङ्गाटा पनि सदस्य पदका लागि उम्मेद्धारी दिएका छन् । एपोनमा अध्यक्ष बाहेक अन्य पदमा सदस्यबाट निर्वाचित भएर आउनु पर्ने प्रावधान छ ।
कुल ७५ जना सदस्य रहेको एपोनमा अहिले मताधिकार भने ६० जनाले मात्रै प्राप्त गरेका छन् । निर्वाचन केहीबेरमा सुरु हुने बताइएको छ ।
गैरीधारास्थित एलिस रिसेप्सनमा विहान देखि सुरु एपोनको २९ औँ बार्षिक साधारण सभाको बन्द सन्त्र सकिएपछि नयाँ कार्यसमिति छनौटको काम सुूरु भएको हो । यो निर्वाचनबाट आगामी दुई बर्षका लागि एपोनको नयाँ नेतृत्व चयन गर्दैछ ।
यसअघि २९ साउन २०७८ मा सम्पन्न एपोनको २७ औँ बार्षिक साधारणले प्रज्वलजंग पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसबेलाको कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।
सम्पर्क इमेल : [email protected]