बीपी प्रतिष्ठान धरानका १ सय ७७ जना चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौँ, २५ असोज । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकहरुले सामूहिक राजीनामा दिएका छन् ।

उनीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका हुन्।

नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरु आन्दोलन गर्दै आएका थिए ।

उनीहरुले प्रतिष्ठानमा चिकित्सकको धेरै दरबन्दी खाली भएर पनि विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयतामात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरुले प्रतिष्ठान छाडेको, विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सक अभाव भएर प्रतिष्ठानको पठानपाठनमा असर परेको बारेमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए ।

जवाफमा मन्त्री बस्नेतले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र प्रतिष्ठानका पदाधिकारीहरुलाई पनि बोलाएर निकास निकाल्न निर्देशन दिएको जानकारी दिँदै कुनै पनि निकास निकाल्न नसकेको उनीहरुको आरोप छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *