इजरालयमा हमासको आक्रमणमा परी ९ नेपाली घाइते

काठमाडौँ, २० असोज । इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

शनिबार अपरान्ह मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।

तेल अभिभमा रहेको नेपाली दूतावास आक्रमणमा परेका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग नजिकको सम्पर्कमा रहेको बताइएको मन्त्रालयले जनाएको।

“घाइतेहरूको औषधोपचार, उद्धार र सुरक्षाका लागि नेपाली दूतावासले इजरेली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको छ,” मन्त्रालयले वक्तव्यमा भनेको छ।

सरकारले इजरेलमा रहेका नेपालीहरूलाई सजग रहन र प्रशासनबाट प्राप्त सुरक्षा सावधानीहरू अपनाउन भनेको छ।

इजरेलमा नेपालीहरू घाइते भएको विवरण आएपछि परराष्ट्रमन्त्री एनपी साउदले शनिवार मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका थिए।

मन्त्रालयले वक्तव्यमा इजरेलमा भएको हमलाको निन्दा पनि गरेको छ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *