आगामी २५ असोजमा ‘फार्मा कन्क्लेभ’को आयोजना गर्दै एपोन

काठमाडौँ, १६ असोज । नेपाल औषधि उत्पादक संघ (एपोन)ले आगामी २५ असोजका दिन औषधि सम्वन्धी बृहत सम्मेलनको आयोजना गर्ने भएको छ ।

फार्मा कन्क्लेभ – २०२३ नाम दिइएको उक्त सम्मेलनलाई एपोनले नेपालमै पहिलो पटक हुन लागेको दावी गरेको छ ।

काठमाडौँको याक एण्ड यति होटलमा हुने सम्मेलनको मुख्य उदेश्य स्वदेशी औषधि बजारमा नयाँ अवसर सिर्जना गर्ने, औषधि उत्पादन तथा बजारीकरणका नियमक नीतिहरुको निरन्तरता र औषधि निर्यातलाई अन्वेषण गर्ने लगायत रहेको छ ।

‘खासगरी नेपाली औषधि उद्योगको विकासको लागि समयानुसार कस्ता औषधि नीतिहरु बनाउन सकियो भने औषधि बजारलाई सुधार र स्तरोन्नती गर्न सकिन्छ , विश्व बजारको माग अनुसार औषधि उद्योगहरुले कस्ता उत्पादनमा जोड दिने ? नेपालको औषधि उत्पादनको सुरक्षा र प्रभावकारिता कसरी कायम राख्ने भन्ने विषयमा सम्मेलन केन्द्रीत रहन सक्छ,’ एपोनका कार्यालय सचिव गणेश शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

यस्तै विज्ञप्तीमा नेपाली औषधि उद्योग विकासका चुनोती र अवसरहरुको जानकारी र औषधि उद्योगको प्रवद्र्धन गर्नका लागि भावी रणनीतिहरु तयार गर्ने विषयमा औषधि विज्ञहरुसंग प्रत्यक्ष छलफल गर्दै निस्कर्षमा पुग्ने उद्धेश्य रहेको बताइएको छ ।

आयोजकले यो सम्मेलनलाई नेपाली औषधि उद्योगका उत्पादक तथा प्रतिनिधि, औषधि व्यवसायी, औषधि अनुसन्धानकर्ता र निर्यात कर्तालाई एकै ठाउँमा ल्याउने अवसर भनेको छ ।

यस्तै सम्मेलनमा औषधि उत्पादन तथा बजारीकरण सम्वन्धी नीतिहरुका विषयमा सरकारका प्रतिनिधि तथा नेपाल भारत, बंगलादेश लगायतका देशहरुका विज्ञहरुको समेत प्रस्तुति रहने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *